काठमाडौं । नेपाल र जापानबीच कामदार लैजाने बारे श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् अब सरकारी संयन्त्रमार्फत् नै नेपाली कामदार जापान लगिने बताइएको छ।
सम्झौताअनुसार जापान रोजगारीमा जानका लागि ‘एन-फोर भाषा परीक्षा’ उत्तीर्ण गर्नुपर्ने प्रावधान राखिएको छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुनेछ ।
अब भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागतसहितका विषयमा छलफल गरेर कामदार पठाउने प्रक्रिया थालनी हुने जनाइएको छ । जापान जाने नेपाली कामदारले जापानीज नागरिक सरहै सेवा सुविधा पाउनेछन् । उनीहरुले न्युनतम मासिक २ लाख रुपैयाँ तलब पाउनेछन् ।































प्रतिक्रिया