क्रिश्चियन धर्मको प्रचार गर्न खोज्दा अज्ञात समूहले कुटे

क्रिश्चियन धर्मको प्रचार गर्न खोज्दा अज्ञात समूहले कुटे

केन्द्रबिन्दु
0
Shares

सर्लाही । धर्म प्रचार गरेको भन्दै एक व्यक्तिमाथि निर्घात कुटपिट गरिएको छ । दुइवटा मोटरसाइकलमा आएको ४ जनाको समूहले ध्रुबकुमार परियारमाथि कुटपिट गरेका हुन् । उनीहरुले बाँके र फुल्जोरकोबीच जंगलमा कुटपिट गरेका हुन् ।

तर कुटाई खाने ध्रुबकुमारले आफुले धर्मको प्रचार नगरेको दाबी गरेका छन् । गैरसरकारी संस्थाको सहयोगमा महोत्तरीका असहाय, गरीब, दलित तथा पछाडि परेका समुदायका बाललालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर फर्किरहेको बेता हमला भएको उनको भनाई छ ।

आफूलाई भूमिगत भन्ने मानिसको समूहले कुटपिट गरेको पीडित परियारले बताए। ‘डलर खाएर धर्म परिवर्तन गर्ने ? कति छ डलर निकाल, भन्दै मसँग पैसा मागे र कुटपिट गरे । कुटपिट गर्नेहरूले आफूलाई भूमिगत माओवादी भनेर चिनाए’ पीडित परियारले भने ।

Skip This
Skip This
Logo