टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

केन्द्रबिन्दु
120
Shares

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकले नेपालमा सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो । त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको सरकारको निष्कर्ष थियो।

त्यसपछि टिकटकका प्रतिनिधि र उच्च अधिकारीले बारम्बार सञ्चारमन्त्री लगायतलाई प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएका थिए । नेपालमा दर्ता गरेर र सरकारले तोकेको आचार संहिता पालना गरेरै टिकटक चलाउन दिने शर्त स्वीकार्न टिकटकका प्रतिनिधि तयार भएपछि सरकारले यो निर्णय लिएको हो ।

Logo