रवि लामिछानेको बयान समय सर्‍यो

रवि लामिछानेको बयान समय सर्‍यो

केन्द्रबिन्दु
153
Shares

सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको सोधपुछको समय एक घण्टापछि सरेको छ ।

संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग शुक्रबार दिउँसो २ बजे सोधपुछ गर्ने गरी बोलाएपनि उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि उनको समय झण्डै एक घण्टापछि सरेको हो ।

जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने लामिछाने गोरखा मिडियामा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन एमडी हुन् ।

Skip This
Skip This
Logo