काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन ९ सयले रुपैयाँले घटेको हो । बुधबार ७ सय घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन आज ९२ हजार ५०० मा कारोबार भइरहेको छ । सुन आइतबार २ सयले घटेको थियो भने सोमबार १ सयले घटेको थियो ।
गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया