काठमाडौं । नेपाली बजारमा डाट्सन गाडीको नयाँ मोडलहरु पनि भित्रिएका छन । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले आईतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी डाट्सन गाडी विभिन्न ३ वटा मोडलहरु सार्वजनिक गरेको हो ।
२४ लाख ९९ हजार मूल्य पर्ने सो गाडीको नयाँ मोडलहरु आरामदायी र सुरक्षित रहेको दावी गरिएको छ । कम्पनीले जापानी प्रविधियुक्त इन्जिन, इन्धन किफायती भएकाले डाटसन नयाँ मोडलका गाडीहरु भित्रयाइएको जनाएको छ ।
कम्पनीका ती गाडीहरु थापाथलीस्थित शोरुमलगायतका देशका विभिन्न १३ स्थानबाट विक्री वितरण हुनेछन । पायोनियर मोटो कर्प प्रालिले निशान गाडीहरुको पनि विक्री वितरण गर्दै आएको छ ।































प्रतिक्रिया