काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् श्रावणमा १ हजार २७ वटा विद्युतीय सवारी भित्रिएका छन् । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन पाङ्ग्रेसहित विभिन्न देशबाट उक्त ईभी सवारी भित्रिएका हुन् ।
विभागले यसपटक तीन पाङ्ग्रे विद्युतीय सवारी भएको आयात उच्च भएको जानकारी दिएको छ । विभागले ६ करोड ५३ लाख २६ हजारको रुपैयाँ बराबरको ६४६ वटा तीन पाङ्ग्रे ईभी आयात भएको बताएको छ ।
विभागका अनुसार ५० किलोवाट मोटर क्षमता भएका १६१ वटा गाडी भित्रिएका छन् । २८ करोड ९८ लाख १५ हजार रुपैयाँको उक्त गाडी भित्रिएका हुन् । यस्तै, ५१ देखि १०० किलोवाट क्षमता भएका २१६ वटा गाडी नेपाल आएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार ५८ करोड ६८ लाख ९५ हजार रुपैयाँको ५१ देखि १०० किलोवाटका उक्त गाडी आएका हुन् । यसैगरी १०१ देखि २०० किलोवाटको २८ लाख १० हजार रुपैयाँ पर्ने १ वटा गाडी आयात भएको छ । २०१ देखि ३०० किलोवाट क्षमताका भने २ वटा मात्र गाडी आयात भएकाे छ ।
विभागले १ करोड ३१ लाख ३७ हजार रुपैयाँको उक्त गाडी भित्रिएको बताएको छ । विभागका अनुसार ३०० किलोवाट भन्दा माथि क्षमता भएको एक वटा मात्र गाडी आएको छ ।
विभागले ९६ करोड २३ लाख ४४ हजार रुपैयाँ बराबरको सवारी आयात हुँदा सरकारले ५४ करोड ४१ हजार ६२ रुपैयाँ राजश्व संकल गर्न सफल भएको पनि जानकारी दिएको छ ।
नाडा अटोमोबाइल एशाेसिएशन अफ नेपालले यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६औं संस्करणको नाडा अटो शोको आयोजना गर्दैछ । अटो शो आयोजना अगावै विद्युतीय सवारीको आयातले प्राथमिकता पाएका छ । आयात भएर आएका उक्त गाडी अटो शोमा पनि देख्न पाइने बताइएको छ ।































प्रतिक्रिया