दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा विस्तार

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा विस्तार

केन्द्रबिन्दु
0
Shares

दाङ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा शाखामार्फत जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहकाबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव २० बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको स्मरण गरे । आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए ।

त्यस्तै आइतबार सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा पनि शाखा कार्यालय स्थापना गरिएको छ । शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष ढकालले संयूक्त रुपमा गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएम ईलाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दुवै उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य लगायतको उपस्थिति रहेको थियो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

Skip This
Skip This
Logo