वीरगन्ज
पर्साको वीरगन्जका एक स्थानीयको स्वाइन फ्लुबाट मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । १५ दिनदेखि बिरामी परेका कासरियाको शुक्रबार राती भारतको उत्तर प्रदेशको राजधानी लखनउमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतको इलाहावादमा लागेको कुम्भ मेलाबाट घर फर्किएपछि कसरिया अस्वस्थ्य भएका थिए । मेलाबाट फर्किएका कासरिया वीरगन्जको एक क्लिनिकमा भर्ना भएका थिए । लामो समयसम्म स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत बिहारको राजधानी पटना पुर्याइएको थियो ।
कासरियाका भतिजा अमित अग्रवालका अनुसार, पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । स्वास्थ्य झन् जटिल बन्दै गएपछि कासरियालाई पटनाबाट थप उपचारको लागि दिल्ली लाने क्रममा शुक्रबार राती उनको मृत्यु भएको अग्रवालले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया