बाग्लुङमा देशकै लामो झोलुङ्गे पुलको शिलान्यास

बाग्लुङमा देशकै लामो झोलुङ्गे पुलको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ
बाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने देशकै लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । दुई जिल्ला जोड्ने पुलको लम्बाई ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ ।

पुल निर्माणका लागि शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरेका हुन् । करिब डेढ दशकदेखि निर्माणका लागि चर्चा हुँदै आएको पुल आगामी दुई वर्षमा निर्माण सम्पन्न हुनेछ ।

पुल निर्माणमा लठ्ठा तान्ने मेसिन नेपालमा नभएकाले काम हुन नसकेको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । ‘पुल लामो भएकाले काम हुन सकेको थिएन, चीनबाट आवश्यक मेसिन ल्याउने प्रक्रिया भएको छ,’ उनले भने । पुल निर्माणका लागि कम्पनी थानी, विएलटी, हिमशिखर जेभीले करिब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo