टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिन पुगेका नेताहरुमाथि नाराबाजी भएको छ ।
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी, भीम रावल लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको हो । युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका थिए ।
तर, कार्यक्रममा उपस्थित नेताहरुमध्ये सभापति देउवा रिसाए र जंगिए । उनले आक्राेशित मुद्रामा भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने उनको भनाई छ ।































प्रतिक्रिया