भृकुटीमण्डपमा जारी पुस्तक मेलामा विशेष छुट

भृकुटीमण्डपमा जारी पुस्तक मेलामा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा शुक्रबारदेखि बृहत पुस्तक मेला चलिरहेको छ । पठन संस्कृति विकास समाजको आयोजनामा सो मेला शुरु भएको हो ।

मेलामा मञ्जरी पब्लिकेशन, शिखा बुक्स, कथालय , लिपी बुक्स लगायतका प्रकाशन गृहहरुका स्टलहरु रहेका छन् । चैत १७ गतेसम्म पुस्तक मेला चल्ने मञ्जरी पब्लिकेशनका कृष्ण अविरलले जानकारी दिए । पठन संस्कृतिको विकास गर्ने एवं पुस्तक विक्रि वितरणको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको हो ।

पुस्तक मेलामा बिभिन्न प्रकाशनहरुका फरक फरक स्टलहरु रहेका छन् । यहाँ विशेष छुट सहित सहुलियत मूल्यमा पुस्तकहरु विक्रीका लागि राखिएको र दर्शक तथा पाठकहरुको उल्लेख्य भिड रहेको शिखा बुक्सका पुष्पराज पौडेलले जानकारी दिए ।

पुस्तक मेलाको उद्घाटन शुक्रबार शताब्दी पुरूष सत्यमोहन जोशीले गरेका थिए ।

Skip This
Skip This
Logo