इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण आजबाट शुरू हुँदैछ । आईपीएलको १२ औं संस्करणको पहिलो खेल आज राति ८ बजेदेखि चेन्नईको केएमए चिदंबरम स्टेडियममा खेलाइनेछ ।
यो भिडन्त साविक विजेता चेन्नई र रोयल च्यालेन्जर्स ब्याङ्लोर (आरसीबी) बीच हुनेछ । आरसीबीलाई विराट कोहलीले कप्तानी सम्हाल्नेछन् भने चेन्नईलाई महेन्द्रसिंह धोनीले कप्तानी सम्हाल्नेछन् ।चेन्नई सुपर किङका फास्ट बलर लुंगी गिडी चोटका कारण पहिलो खेलमै बाहिर रहने भएका छन् । फास्ट बलिङको पूरा जिम्मा अब ड्वेन ब्रावोको काँधमा आइपरेको छ ।
धोनीको टीम स्पिनरमा निर्भर रहने देखिन्छ । त्यस्तै विराटको टीम आरसीबी ब्याटिङमा निकै बलियो देखिन्छ । सीएसकेको बलरको परीक्षण पहिलो खेलबाटै हुने अनुमान गरिएको छ ।सीएसकेमा रविन्द्र जडेजा, हरभजन सिंह, मिशेल सैंटनर, इमरान ताहिर र कर्ण शर्मा जस्ता विकल्पहरू रहनेछन् । टीमका प्रशिक्षक स्टीफन फ्लेमिंगलाई न्यूजील्याण्डका लेफ्ट आर्म स्पिनर सैंटनरमाथि निकै भरोशा छ ।
उता रोयल च्यालेन्जर्स ब्याङ्लोरमा विराट कोहली, ए बी डिविलियर्स जस्ता उत्कृष्ट फर्ममा देखिएका ब्याट्सम्यान छन् ।
चेन्नई सुपर किङ
महेंद्र सिंह धोनी (कप्तान), सुरेश रैना, अंबति रायडू, शेन वाट्सन, फाफ डु प्लेसिस, मुरली विजय, केदार जाधव, सैम बिलिंग्स, रविन्द्र जडेजा, ध्रुव शोरे, चैतन्य विश्नोई, रितुराज गायकवाड, ड्वेन ब्रावो, कर्ण शर्मा, इमरान ताहिर, हरभजन सिंह, मिशेल सेंटनेर, शार्दुल ठाकुर, मोहित शर्मा, के एम आसिफ, डेविड विली, दीपक चहर, एन जगदीशन ।
रोयल च्यालेन्जर्स ब्याङ्लोर
विराट कोहली (कप्तान), ए बी डिविलियर्स, पार्थिव पटेल, मार्कस स्टोइनिस, शिमरोन हेटमेयर, शिवम दुबे, नाथन कुल्टर नाइल, वाशिंगटन सुंदर, उमेश यादव, युजवेंद्र चहल, मोहम्मद सिराज, हेनरिक क्लासेन, मोइन अली, कोलिन डि ग्रांडहोम, पवन नेगी, टिम साउदी, अक्षदीप नाथ, मिलिंद कुमार, देवदत्त पी, गुरकीरत सिंह, प्रयास राय बर्मन, कुलवंत केजरोलिया, नवदीप सैनी, हिम्मत सिंह ।































प्रतिक्रिया