पहिलो दिनमै ५५ हजारको आवेदन : कोरियन भाषा परीक्षा

पहिलो दिनमै ५५ हजारको आवेदन : कोरियन भाषा परीक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली प्रशिक्षार्थी कामदार लैजानका लागि लिइने कोरियन भाषा परीक्षाको आवेदन फारम शुक्रबार ( हिजो ) देखि खुला भएको छ । आवेदन खुलेको पहिलो दिनमै ५५ हजारले फारम भरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीेले जानकारी दिनुभयो ।

आवेदन भर्नको लागि रातिदेखि आवेदकहरु लाइनमा बसेका थिए । ‘घरमै बसीबसी अनलाइन मार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने ईपीएस शाखाले जनाएपनि अधिकांश युवायुवतीहरु विगतमा जस्तै लाइनमा बसेका थिए । ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले लाइनमा नबस्न र नहतारिन सबैलाई आग्रह गर्नुभयो । तर ग्लोबल आईएमई बैंकको कीर्तिपुर लगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका थिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम चैत्र १७ गते सम्म भर्न सकिनेछ ।

Skip This
Skip This
Logo