बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि तनावग्रस्त बनेको छ ।
विद्युत् बक्यौताको विषयलाई लिएर भट्टराई बोल्ने क्रममा सांसद भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादीका सांसद माधव सापकोटाले नियम आपत्ति गरेका हुन् । ‘राजनीतिक प्रतिबद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिबद्धता हो,’ भट्टराईले भनेका थिए, ‘को हो छानबिन गर्ने ? मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो।’
माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए।































प्रतिक्रिया