‘विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक’ -अध्यक्ष मगर

‘विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक’ -अध्यक्ष मगर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गर्दै गर्दा दुवैतिर मतदान गरिरहेका छन् कि भन्ने विषयमा अनुसन्धानको व्यवस्था पनि गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धमा मानव अधिकार संस्थाहरुसँगको अन्तक्रिया कार्यक्रममा उनले बिदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था आवश्यक भएतापनि यसको व्यवस्था र नियमन राम्रो तरिकाले गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बाहिर बस्ने मान्छेले पनि भोटिङ दिन पाउनुपर्छ । त्यसमा शंका भएन तर दुवै ठाउँको नागरिकता लिएर बस्ने मान्छे पनि छ होला, यसको लागि राम्रो तरिकाले हेर्ने हाम्रो व्यवस्था छ कि छैन । नत्र उता पनि भोट हाल्ने यहाँ आएर पनि भोट होल्ने अवस्था हुन सक्छ । यसो भएको हुनाले यसलाई व्यवस्थित गर्न सक्छौ कि सक्दैनौं अवस्था के छ यो कुरा पनि विचार गर्नुपर्छ ।’

उनले अहिले समानुपातिक व्यवस्था हटाउने हो की भन्ने विषय चर्चामा आएको भन्दै यस्तो विषयलाई छलफल गरेर चाँडो टुङ्गाउनु पर्ने बताए । उनले भने,‘हाम्रो संविधानमा समानुपातिक हटाउने हो की भन्ने कुरा पनि चर्चामा आएको छ । वास्तवमा हाम्रो देशमा कानूनमा एउटा र व्यवहारमा अर्को काम हुने गरेको छ । यस्तो धेरै कुराहरु छन्, यी सबै कुरालाई छलफल गरेर टुङ्गाउनुपर्छ ।’

Skip This
Skip This
Logo