नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गणतन्त्र र संघीयताबारे बुधबार दिएको अभिव्यक्ति २४ घण्टा नबित्दै फेरेका छन् । कोइरालाले बुधबार गणतन्त्र र संघीयताबारे जनमत संग्रहमा जानुपर्ने बताएका थिए ।
महामन्त्री कोइरालाले आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै २०६२/०६३ को आन्दोलनको उपलब्धि गणतन्त्र र संघीयता भएको र संविधानमा समेत लेखि सकिएकोले अब त्यसविरूद्ध जान नमिल्ने बताएका हुन् ।
‘गणतन्त्र र संघीयता हाम्रा उपलब्धि हुन्। यसको विरुद्धमा जान मिल्दैन। बरू कसरी यसलाई संस्थागत गर्न सकिन्छ भन्नेबारे हामीले सोच्नुपर्छ,’ महामन्त्री कोइरालाले भने । ‘नेपाली कांग्रेसको स्पष्ट सिद्धान्त छ, चारतारे झन्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको हो,’ उनले भने, ‘केही मान्छेहरूले हिन्दु राष्ट्र बनाउनुपर्छ पनि भनेका छन् त्यस्तो हुन्न। हाम्रो बटमलाइन धर्म स्वतन्त्र हो।’
उनले देशलाई हिन्दु राष्ट्र बनाउन चाहनेहरुले दबाब दिन सक्ने बताए ।































प्रतिक्रिया