काठमाडौं । प्रतिबन्धित नेकपाले ‘काभ्रे फाइरिङ’ मा पक्राउ परेकालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा नगरेर जवाफी कारवाही गर्ने नेकपाको चेतावनी छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि गत मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको काफलडाँडामा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो ।
उक्त दोहोरो भिडन्तको क्रममा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई तत्काल रिहा गर्न नेकपाले चेतावनी दिएको हो ।
पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली ‘सुदर्शन’ ले वक्तव्य जारी गर्दै भने, ‘निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको छ । यो झूट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।’
नेता तथा कार्यकर्ताहरुको शीघ्र रिहा गर्न माग गर्दै तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने चेतावनी दिएका हुन् ।
b































प्रतिक्रिया