साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपालले भारतसँग भिड्ने

साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपालले भारतसँग भिड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारत फाईनलमा प्रवेश गरेको छ ।

नेपाल यसअघि श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो ।

नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो । फाइनल खेल शुक्रबार हुनेछ । शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

Photo: The ANFA

Skip This
Skip This
Logo