काठमाडौं । होलीमा इच्छा विपरित जबर्जस्ती रंग दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो ३ बजेसम्म ५० जनालाई नियन्त्रणमा लिएको हो ।
अरुको इच्छाविपरित होलीमा रंग दल्ने र होहल्ला गर्ने ५० जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको थियो। झडपको क्रममा खुकुरी प्रहार हुदाँ दुई जना घाइते भएका छन्। खुकुरी प्रहारबाट सौगात केसी र छत्र भण्डारी घाइते भएको छन्।
होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। होलीलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरिएको छ ।































प्रतिक्रिया