काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने बिषयमा प्रहरीसँग झडप हुँदा काभ्रेमा गोली चलेको छ ।

महानगरीय अपराध महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखा स्रोतले जानकारी दिएको छ ।

महाशाखाका अनुसार प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति महाशाखाबाट खटिएको एसपीको टोलीले रोशी गाउँपालिकामा गोली चलाएको हो ।

ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।

अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

विस्फोटमा संलग्न समूह काभ्रेमा रहेको देखिएपछि  काठमाडौंबाट प्रहरी टोली काभ्रे पुगेको थियो।

नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo