आज यी हुन् भारी वर्षाको सम्भावना रहेका प्रदेश

आज यी हुन् भारी वर्षाको सम्भावना रहेका प्रदेश

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo