राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको बैठकको कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको बैठकको कार्यसूची

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९-८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo