एक घण्टामा भूकम्पको २ धक्का

एक घण्टामा भूकम्पको २ धक्का

केन्द्रबिन्दु
0
Shares

सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

त्यहा एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस भएको हो  । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाना लिपुलेक आसपास रहेको केन्द्रले जनाएको छ ।

सोमबार बिहानै मकवानपुरको चित्लाङ् केन्द्र भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

Skip This
Skip This
Logo