जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समुहको उद्घोष

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समुहको उद्घोष

केन्द्रबिन्दु
0
Shares

काभ्रे

नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ ।

विप्लव समुहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समुहका नेता रेशम नेपालीले भन्नुभयो ।

फोन सम्पर्कमा आएका नेता नेपालीले जनताका लागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताउनुभयो । ‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पु¥याउने छौं’–जिल्ला नेता नेपालीले भन्नुभयो–‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छौ ।’

नेता नेपालीले कस्तो कारवाही भने खुलाउन चाहानु भएन । पार्टी नीति बन्दै गएकाले तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दाबि गरेको छ ।

‘प्रहरी हाम्रो तीनपुस्ते उतार्दै छ, हामी पनि तीनको तीन पुस्ते उतार्न लाग्दैनौ, ठाउँको ठाउँ प्रतिरोध गर्नेछौं’–नेता नेपालीले भन्नुभयो– ‘हामीलाई पक्राउ गर्न आउनेलाई हामी पनि पक्राउ गर्छौ ।’ गाउँ गाउँबाट लाठी लिएर लगार्न शुरु गरेपछि त्यसको हिसाव किताव गर्नेछौं ।

विप्लव समुहले पहिलो चरणमा जनप्रतिनिधि र तिनका गतिविधिलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोश्रो चरणमा प्रहरी तथा सुरक्षा निकायलाई प्रतिवन्धको तयारी गरेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo