सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको विनासकारी जुरे पहिरोपीडितले भूकम्पपीडित सरहभन्दा बढी राहत नपाउने भएका छन् । सरकारले जुरे पीडितलाई भूकम्प प्रभावितसरह मात्र राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यो निर्णयसँगै पहिरो प्रभावित आफूहरुको नाममा संकिलत सबै राहत रकम पाउनबाट बञ्चित भएका छन् । अब उनीहरुले राहतमा भूकम्पपीडित सरह तीन लाख रुपैयाँ मात्र पाउने छन् । ‘गृह मन्त्रालयले जुरे पीडितलाई भूकम्पपीडितसरह राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ,’ जिल्ला दैवीप्रकोप उद्धार समिति संयोजक रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने ।
उनका अनुसार प्राकृतिक प्रकोपका पीडितलाई दोहोरो सुविधा नदिने मापदण्डका आधारमा गृह मन्त्रालय सचिवस्तरबाट गत बुधबार यो निर्णय भएको थियो । भूकम्पको एक वर्षअघि जुरे पहिरो गएको थियो । पहिरोपछि जनस्तरबाट जुरे पीडितका लागि दुई करोड ४१ लाख रुपैयाँ नगद राहत संकलन भएको थियो । सरकारले समयमै वितरण निर्णय दिन नसक्दा यो राहत रकम सरकारी खातामै थन्किदै आएको छ ।
२०७१ साउन १७ गतेको विनासकारी जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा १ सय ४५ को ज्यान गएको थियो । ती मध्ये ३३ शब मात्र भेटिएको थियो । अरु पहिरोमै बेपत्ता भए । पहिरोबाट २ सय ४० परिवार प्रभावित रहेको सरकारी तथ्यांक छ । परिवारका सदस्य र घरजमिन समेत गुमाउने मुख्य पीडित मात्रै १ सय ५५ परिवार छन् ।
नागरिकबाट































प्रतिक्रिया