काठमाडौं । विप्लवका विद्यार्थी नेता पक्रन त्रिचन्द्र कलेजमा प्रहरीले घेरा हालेको छ । विप्लव नेतृत्वको नेकपा विद्यार्थी संगठनका काठमाडौं जिल्ला अध्यक्ष उषाकिरण आजादलाई पक्रन प्रहरीले त्रिचन्द्र कलेजमा घेरा हालेको हो ।
क्याम्पसमा एन्थ्रोपोलिजी डिपार्टमेन्टको कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीको विशेष टोली पक्रन पुगेको हो। नेता आजाद कक्षा कोठाभित्र रहेको सूचना पाएपछि कलेज प्रागंणमा घेरा हालेको हो । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै नेकपा नेता कार्यकर्ता पक्राउ पर्ने जारी छ ।































प्रतिक्रिया