महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १० मा तरकारीका विरुवा वितरण अभियान सुरु गरिएको छ । वडा कार्यालयले गत वर्ष पनि तरकारीका विरुवा विरुवा वितरण गरेको थियो ।
वडाबासीलाई तरकारीमा आत्मनिर्भर बनाउन एक घर चार विरुवा वितरण गरिएको वडा अध्यक्ष प्रमानन्द जोशीले जानकारी दिए । ‘गत वर्षदेखि नै तरकारीका विरुवा वितरण गर्न सुरु गरेका हौ, यस वर्ष पनि निरन्तरता दिएका छौ’ वडा अध्यक्ष जोशीले भने,’ ‘वडा वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारीका विरुवा वितरण गरिएको हो ।’
वडा कार्यालयमा औपचारिक कार्यक्रम गरी विरुवा वितरण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विरुवा वितरण सुरु गरेका छन् ।
विरुवा वितरण सुरु गर्दै नगर प्रमुख विष्टले वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियानले भीमदत्त नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियान एकदमै राम्रो छ, यसलाई निरन्तरता दिन नगरपालिका कार्यालय सक्दो सहयोग गर्छ’ उनले भने, ‘यसबाट भीमदत्त तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’
यस अघि भीनपा वडा नं. १५ मा कृषक समूहहरुलाई तरकारीका विरुवा वितरण गरिएको थियो । वडा अध्यक्ष परमान्द जोशीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा सदस्य, कर्मचारी, स्थानीय सहभागी भएका छन् । वडा अध्यक्ष जोशीले घर घरमा गएर विरुवा वितरण गरिने जानकारी दिए ।































प्रतिक्रिया