अभिनेत्री पुजा शर्मा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनको लागि यति बेला लण्डन पुगेकी छन् । हालै उनले बलिउड अभिनेता वरुण धवनसँग पनि भेटेकी छिन् ।
पुजाले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा वरुणसँगको तस्विर पोष्ट गर्दै एउटा प्रेमिल क्याप्सन समेत लेखेकी छन् । उनी लेख्छिन् ‘एउटा विनम्र र मायालु व्यक्तिसँगको भेट ।’ सार्वजनिक तस्विरमा वरुणले पुजालाई अगाँलेर चुम्बन समेत गरेका छन् । पुजा पनि उक्त तस्विरमा निकै खुसी देखिएकी छिन् । सो तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल नै भएका छन् ।
पुजा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनको लागि केहि समय अघि लण्डन गएकी हुन् । यस चलचित्रमा पुजा र आकाश श्रेष्ठसँगै सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।





























प्रतिक्रिया