काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा विस्तार गरेको छ । एनआई सी एशिया बैंकले सिरहाको भगवानपुर गाउँपालिका १ मा शाखा विस्तार गरेको हो । उक्त शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले उद्घाटन गरेका छन् ।
उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै एनआई सी एशिया बैंकको प्रशंसा गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १४ लाख ५० हजार ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।































प्रतिक्रिया