सर्वोच्चको आदेशविरूद्ध आन्दोलनमा उत्रिए काठमाडौंवासी

सर्वोच्चको आदेशविरूद्ध आन्दोलनमा उत्रिए काठमाडौंवासी

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । काठमाडौंका बागमतीलगायत नदी किनारको दायाँबायाँ थप २० मिटर मापदण्ड तोक्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् ।

केही साताअघि सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले बागमती र सहायक नदीमा विगतमा निर्धारित मापदण्डमा दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर जग्गालाई ‘निर्माण निषेधित क्षेत्र’तोक्ने फैसला गरेको थियो । उक्त आदेश काठमाडौँ महानगरपालिकाले कार्यान्वयनका लागि सूचना निकालेपछि एकाएक तरंग फैलिएको हाे ।

सर्वोच्चको यो कदमले झण्डै ८० हजार काठमाडौंवासी बिचल्लीमा पर्ने भन्दै आज आन्दोलनमा उत्रिएका हुन् ।

Logo