सिके राउतको राष्ट्रिय परिषद् बैठकमा प्रहरी र पत्रकारलाई निषेध

सिके राउतको राष्ट्रिय परिषद् बैठकमा प्रहरी र पत्रकारलाई निषेध

केन्द्रबिन्दु
0
Shares

सिरहाको लहानमा हुने सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा प्रहरी र पत्रकारलाई निषेध गरिएको छ । बैठक लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने छ।

सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्।

फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न  बैठक डाकिएको हो । बैठकमा ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल हुने भएको छ। बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने बुझिएको छ ।

Skip This
Skip This
Logo