काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने विवादमा तानिएका छन् । न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवारे नकारात्मक टिप्पणी गरेपछि उनी विवादमा परेका हुन् ।
सिधा कुरा जनतासँग कार्यक्रममा उनले प्रचण्डलाई मारिएपनि केही फरक पर्दैन् भन्दै टिप्पणी गरेका थिए । उक्त भनाईप्रति चौतर्फी रुपमा विरोध सुरु भएको छ । विशेषगरी सत्तारुढ दल नेकपा नेता कार्यकर्ताहरु उनको विरुद्धमा उत्रिएका छन् । उनीहरुले रविमाथि कारवाहीको माग समेत राखेका छन् ।
त्यही विषयले सामाजिक सञ्जाल तातेको देखिन्छ । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले रविमाथि कारवाहीको माग गरेका छन् । उनले भनेका छन्, ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? न्युनतम मानवीय मर्यादा र सभ्यता विरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कारवाहीको विषय बनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।’
त्यस्तै नेकपा प्रदेशसभा सदस्य महेशदत्त जोशीले पनि रविको उक्त भनाईप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘सम्राज्यवादीको हुण्डी खाएर पत्रकारको मुखुण्डोमा राजनेताको विषयमा तुच्छ भाषा प्रयोग गर्ने रबि लामिछाने प्रबृत्ति निन्दनीय ।’
राजु भट्टराईले पनि रविको उक्त अभिव्यक्तिको विरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पहिला पहिला पत्रकार रबि लामिछानेले देशको लागि केही गरिरहेको अनुभुति हुन्थो मलाई । जब उसका गतिविधि दिन प्रतिदिन घमण्डको सिमा भन्दामाथि गएर प्रस्तुत भैरहेको छ त्यो देखेर दया लाग्न थालो हुँदा हुँदा यो देशकै महानायक प्रचण्ड मारिए केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएछ । यदि यो सत्य हो भने यस्को दानापानी तुरुन्तै बन्द गर्दे सरकार ।’
रविको भनाईको विरोध गर्नेहरुको प्रतिवाद गर्ने कम छैनन् । सामाजिक सञ्जालमा रबिका समर्थकहरुले उनको बचाउँ गरेका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश स्ववियु सदस्य रिजन मडईले लेखेका छन्, ‘नेकपा अध्यक्ष प्रचण्डलाई सुरक्षा थ्रेट बढेको भन्दै ५९ जना सुरक्षाकर्मी उहाको सुरक्षार्थ खटाइने भएको छ । १७ हजारको हत्यारालाई बचाउन यत्रो देशको खर्च किन गर्नु पर्यो ? के १७ हजार सर्वसाधारणको भन्दा १ उहाको ज्यान प्यारो हो ?’































प्रतिक्रिया