क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालकाे खेल कहिले काेसँग ?

क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालकाे खेल कहिले काेसँग ?

केन्द्रबिन्दु
93
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।

क्यानले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेलमा घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । भदौ ३१ देखि असोज १० सम्म हुने सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आईसीसी एकदिवसीय विश्वकप लिग–टुमा चार खेलमा दुई अंक जोडेको नेपाल सातौं स्थानमा छ।

Skip This
Skip This
Logo