कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा गुडिरहेको बसमा आगलागी भएको छ ।
वीरेन्द्रनगरबाट कालिकोट जाँदै गरेको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२ बजे विद्युत सट भै आगलागी भएको हो । आगो लाग्नासाथ यात्रुहरु आत्तिएर बाहिर निस्केका थिए। यात्रुहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भैरहेको उनले बताए।































प्रतिक्रिया