हुलास स्टीलको गाेदाममा आगलागी

हुलास स्टीलको गाेदाममा आगलागी

केन्द्रबिन्दु
0
Shares

बाराको सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गाेदाममा आगलागी भएको छ । कम्पनीको गाेदाममा शनिबार अपरान्ह आगलागी भएको हो ।

प्रहरीका अनुसार गाेदाममा रहेको ग्यास चुहिएर आगलागी भएको हो । जीतपुर सिमरा उपमहानगरपालिका, नेपाल आयल निगमको वारुणयन्त्रका साथै सशस्त्र प्रहरी, जनपथ प्रहरी, कम्पनीका कामदार र स्थानीयको सहयोगमा आगो निभाइएको छ।

क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

Skip This
Skip This
Logo