नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमाथि धरपकड शुरु भएको छ। सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसंगै धरपकड शुरु भएको हो।
प्रहरीले नेकपाको पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई गिरफ्तार गरेको छ । सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको दुईदिनपछि कार्की गिरफ्तार परेका हुन् । उनलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरिएको हो । सुगर बढेपछि उपचारका लागि उनी काठमाडौँ आएका थिए ।
उनलाई पक्राउ गर्न २ हतियारधारी र २ सिभिल प्रहरी कार्की निवासमा पुगेका थिए । । कार्की यसअघि पनि बुटवलबाट काठमाडौँ आउनेक्रममा थानकोटबाट अर्का नेता कृष्ण धमला (गम्भीर)सँगै पक्राउ परेर रिहा भएका थिए ।
यसअघि अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्दु चन्द, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की, नेकपाका नेताहरु केदार खतीवडा, सुर्य भुजेल, खेम खड्का, देवकुमार लिम्बु लगायत देशैभरी दर्जनौँ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले रोल्पामा पनि विप्लवका नेता कार्यकर्ताहरुमाथि अप्रेशन चलाएको छ।





























प्रतिक्रिया