अभिनेता सलमान खानलाई दयालु अभिनेताको रुपमा लिइन्छ । भनिन्छ, सलमान खानसँग मद्दत माग्न पुगेकाहरु रितो हात फर्किनु पर्दैन । त्यसैले बलिउडमा प्रवेश गर्ने हरेकले सलमानलाई ‘गड फादर’ को रुपमा लिंदै आएका छन् । खानले बलिउडमा कयौँ नयाँ कलाकारहरुलाई लन्च गरिसकेका छन् । सलमान नयाँ ट्यालेन्ट भएका कलाकारलाई बलिउडमा काम गर्ने बाटो खुलाइ दिन्छन् । सलमानले केही कलाकारहरुलाई बलिउडमा लन्च त गरे कोही सफल भए भने कोही अझै स्ट्रगल फेजमा नै छन् ।
१) कट्रिना कैफ

अभिनेत्री तथा मोडल कट्रिना कैफलाई अभिनेता सलमान खानले बलिउड क्षेत्रमा इन्ट्रि गराएका हुन् । कट्रिनाले २००३ मा फिल्म ‘बुम’ बाट बलिउड करियर सुरु गरेकी हुन् । पहिलो फिल्म त्यति हिट नभएपछि उनलाई केही समयपछि सलमानले फिल्म ‘मेने प्यार क्यु किया’ को लागि प्रस्ताव राखे । कट्रिना र सलमान अभिनित रोमान्टिक फिल्म ‘मेने प्यार क्यु किया’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
२) सोनाक्षी सिन्हा

त्यस्तै अभिनेत्री सोनाक्षी सिन्हालाई पनि सलमान खान निकै लक्की सावित भए । उनलाई पनि सलमानले नै बलिउडमा डेब्यु गराएका हुन् । सोनाक्षीले २०१० सालमा फिल्म दबंगमा सलमानसँग एउटै स्क्रिन शेयर गरेकी थिइन् । डेब्यु फिल्मबाट नै सिन्हाले ‘बेस्ट फिमेल डेबुट’, अर्वाड समेत पाउन सफल भएकी थिइन् । दबंग वर्ष २०१० कै सार्वाधिक व्यापार गर्ने ‘ब्लकबस्टर’ फिल्ममा पर्दछ । त्यसपछि सोनाक्षी एकपछि अर्को फिल्मा छाउँदै गइन् ।
३) जरीन खान

अभिनेत्री जरीन खानले फिल्म ‘वीर’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । जरीन खान सलमानको भूतपूर्व प्रेमिका कट्रिना कैफ जस्तै देखिने भएको सलमानले उनलाई फिल्म ‘वीर’ बाट बलिडमा लन्च गरेका थिए । त्यसपछि जरीन २०११ सालमा सलमानको अर्को फिल्म ‘रेडी’ मा अभिनय गरिन् । हाल जरीन ‘आइटम नम्बर’ र केही फिल्ममा ‘गेष्ट रोल’ मा अभिनय गर्दै आएकी छन् । जरीनले बलिउड, पञ्जाबी र तमिल फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । तर पनि उनको फिल्मी करियर भने खस्किदै गएको छ ।
४) डेजी शाह

सलमान खान, अभिनेत्री डेजी शाहको लागि पनि लक्की रहेका छन् । डेजी शाहले २०१३ सालमा रिलिज भएको फिल्म ‘जय हो’ बाट आफ्नो बलिउड करियर सुरु गरेकी हुन् । ‘जय हो’ मा उनले सलमानसँग एउटै स्क्रिन शेयर गरेकी छिन् । फिल्म क्षेत्रमा आउनु भन्दा अघि उनी कोरियोग्राफर र ब्याकग्राउड डान्सरको रुपमा काम गर्दै आएकी थिइन् । सलमानसँग एउटै स्क्रिन शेयर गरेता पनि अपसोच उनको कुनै फिल्म बक्स अफिसमा हिट हुन सकेन । अहिले डेजीको झोलीमा कुनै फिल्म छैन् ।
५) स्नेहा उल्लाल

त्यस्तै अर्की अभिनेत्री स्नेहा उल्लाललाई पनि सलमान खानले नै बलिउडमा प्रवेश गराएका हुन् । स्नेहा उल्लाल पनि सलमानको अर्को भूतपूर्व प्रेमिका ऐश्वर्य राय जस्तै देखिन्छिन् । सलमानले २००५ मा रिलिज भएको फिल्म ‘लक्की’ बाट स्नेहालाई बलिउड क्षेत्रमा डेब्यु गराएका हुन् । जब स्नेहा पर्दामा आईन् तब सबै जना छक्क परेका थिए किनकी उनी हुबहु ऐश्वर्य जस्तै देखिन्थिन । ऐश्वर्यको जस्तै रुप भएता पनि नराम्रो अभिनयको कारण उनको अभिनयलाई दर्शकहरुले त्यति रुचाएनन् ।
६) अथिया शेट्टी

सुनिल शेट्टीको छोरी अथियालाई बलिउडमा लन्च गर्ने जिम्मा पनि सलमानले नै लिएका थिए । सलमानले आफ्नो प्रोडक्शनको पहिलो फिल्म ‘हिरो’ मा अथियालाई बलिउडमा लन्च गरेका हुन् । तर अफसोच अथियाको अभिनयलाई दर्शकले खासै रुचाएनन् । दर्शकले उनको अभिनय नरुचाएपछि उनलाई दोस्रो फिल्मको लागि लामो समयसम्म कुनै अफर आएन् । हाल अथिया नवाजुद्दिनको फिल्म ‘मोतीचूर चकना चूर’ मा काम गरिरहेकी छन् ।





























प्रतिक्रिया