सांसद डा. सुनिल शर्माको पहलमा केएमसीको टोली कपनमा, १५१ जनाले गराए परीक्षण

सांसद डा. सुनिल शर्माको पहलमा केएमसीको टोली कपनमा, १५१ जनाले गराए परीक्षण

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा केएमसीको स्वास्थ्य टोलीले कपनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

लाइन्स क्लब अफ काठमाडौंको आयोजनामा बीपी संग्रहालयमा भएको शिविरमा १५१ जनाले परीक्षण गराएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

जननायक बीपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा भएको स्वास्थ्य परीक्षणमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासमेत सहभागी भएका थिए । शिविरमा ७ जना चिकित्सकको टोलीले विरामीहरुको सुगर, प्रेसर तथा सामान्य खालको स्वास्थ्य जाँच गरेको थियो ।

Skip This
Skip This
Logo