काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाइनुपर्ने खाँचो औंल्याएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद नेम्वाङले कारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने बताएका हुन् ।
२००७, ०४६ देखि ०७२ सम्म आउँदा सहमति र सहकार्यबाटै काम भएको उल्लेख गर्दै उनले पुनः सहमति र सहकार्यकै आवश्यकता रहेको औँल्याए । “अहिले नकारात्मकता र निराशाको भाष्य सिर्जना खोजिएको छ । मलाई दुःख लागेको छ । नेतृत्व गर्नेहरू सबै खराब हुँदैनन् । यो निराशालाई चिर्नका लागि पनि सबै मिल्नुपर्छ ।” उनले भने ।































प्रतिक्रिया