मङ्गोलियामा हुने मृत्युको लगभग ३० प्रतिशत रोक्न सकिने

मङ्गोलियामा हुने मृत्युको लगभग ३० प्रतिशत रोक्न सकिने

केन्द्रबिन्दु
6
Shares

उलानबटोर । मङ्गोलियाको स्वास्थ्य विकास केन्द्रले मङ्गलबार जारी गरेको एक अध्ययनले मङ्गोलियामा दर्ता भएका मृत्युमध्ये लगभग ३० प्रतिशत रोकथाम गर्न सकिने देखाएको छ ।

सन् २०१५ देखि २०२२ सम्म ७५ वर्षमुनिका व्यक्तिहरूमा एक लाख ३६ हजार सात सय १८ जनाको मृत्यु भएको र यीमध्ये २९ दशमलव ६ प्रतिशत मृत्यु रोक्न सकिने अनुसन्धानले पत्ता लगाएको थियो ।

यस अवधिमा रोकथाम योग्य मृत्युको राष्ट्रिय औसत सन् २०१५ मा प्रति एक लाख जनसङ्ख्यामा एक सय ७५ मा पुग्यो र सन् २०२० मा यसको न्यून बिन्दुमा प्रतिएक लाखमा एक सय ३७ दशमलव छ पुगेको थियो ।

अध्ययनले रोकथाम गर्न सकिने मृत्युमध्ये ९४ प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको प्रकाश पारेको छ । यसको प्रमुख कारणहरूमा सेरेब्रोभास्कुलर रोग, इस्केमिक हृदय रोग, जन्मपूर्व रोग, निमोनिया र क्षयरोगसहित माथिल्लो र तल्लो श्वासप्रश्वास मार्गका रोगहरू समावेश छन् ।

Skip This
Skip This
Logo