नेपाली सेलिब्रेटीको गर्भवती पोजः किन देखाउँछन् बेवी बम्प ? भिडियो रिपोर्ट

नेपाली सेलिब्रेटीको गर्भवती पोजः किन देखाउँछन् बेवी बम्प ? भिडियो रिपोर्ट

केन्द्रबिन्दु
0
Shares

सुजाता मुखिया । केही दिन अघि नायक आर्यन सिग्देलले आफ्नो श्रीमती सपनाको ‘बेबी बम्प’ सहितको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरे । पोज पोजको फोटो शेयर गर्दै उनले लेखेका थिए, ‘कसैलाई यति धेरै प्रेम गर्न कसरी सम्भव छ । मैले कहिले सोचेकी थिईन् कि ‘मोटो पेट’ हुनुले पनि यति धेरै खुसी दिन्छ । हामी केही महिना अघि देखि अझै बढी नजिकिएका छौं । आउदो नयाँ वर्ष २०७६ साल बैशाख हाम्रो लागि निकै खास हुनेछ, जसले गर्दा हाम्रो पूरै जीवन नै परिर्वतन हुनेछ ।’

उनले सार्वजनिक गरेका फोटोहरु एकाएक भाइरल बने । यसको बारेमा विभिन्न किसिमबाट टिका टिप्पणीहरु पनि भए । तर, यसरी बेबी बम्पको फोटो शेयर गर्ने ट्रेण्ड विश्वभर नै चलेको छ । गर्भावस्थाको अन्तिम चरणमा पुगेपछि पुट्ट परेको पेट देखाएर फोटोसुट गर्ने यो ट्रेण्ड हलिउड, बलिउड हुँदै नेपाली सेलिब्रेटीमा पनि भित्रिएको छ ।

तर फोटोसुटमा नेपाली सेलिब्रेटीहरु हलिउड र बलिउडको सेलिब्रेटीहरु जस्तो उदार भने देखिदैनन् । हलिउड र बलिउडमा सेलिब्रेटीले बेबी बम्प देखाएर खिचाएको हट फोटोहरु चर्चामा आइरहन्छ । हलिउड र बलिउडमा कसैले बिकिनी लगाएर फोटो खिचाउँछन् भने कसैले नग्न फोटो खिचाउने गर्छन् ।

‘मेटरनिटी फोटोसुट’ को नयाँ क्रेज नेपाली सेलिब्रेटीहरुमा पनि देखिन थालेको छ । उनीहरुले यो शैलीलाई पनि एक परम्पराकै रुपमा पछ्याउन थालेका छन् । यो उनीहरुको नयाँ जीवनको उत्सव पनि हो अनि आमाबुवा र बच्चाबीचको आजीवन प्रेमसम्बन्धको सुरुवात पनि ।

मेटरनिटी फोटोसुटको ट्रेण्ड कहिले सुरु भयो र कसले ग¥यो भन्ने आधिकारीक तथ्यांक भने अहिलेसम्म छैन । तर सन् १९९१ मा फोटोग्राफर एनी लाइभोटीजले हलिउड अभिनेत्री डेमी मुरको नग्न तस्बिर खिचेपछि प्रेग्नेसी फोटोसुटको ट्रेण्ड सुरु भएको मानिन्छ । जुन निकै विवादित बनेको थियो । चर्चित पत्रिका भेनिटी फेयरको आवरणमा उक्त फोटो छापिएपछि मुरको निन्दा भएको थियो ।

गर्भावस्था महिलाका लागि जीवनको एक सुन्दर चरण हो । आमा बुवाको जीवनको नयाँ अध्याय पनि हो । पुराना दिन थिए, जब गर्भवती महिलाहरु आफ्नो पुट्ट परेको पेटलाई सलले ढाक्थे । बाहिर निस्कन लजाउँथे । अहिले समय फेरिएको छ । पछिल्लो समय सेलिब्रेटीहरु मात्रै नभएर आम सर्वसाधारणले समेत बेबी बम्प देखाएर फोटोसुट गर्ने गरेका छन् । थप तलको भिडियोमाः

 

Logo