एनसेलद्वारा ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३ सयभन्दा बढीले पाए सेवा

एनसेलद्वारा ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३ सयभन्दा बढीले पाए सेवा

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । उनीहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि पाएका थिए ।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३, फुलिका स्वास्थ्यचौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

“एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौँ । यसै अनुरूप हामीले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाजिक विकासका कार्यहरू गर्दै आएका छौँ । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ ।” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले आफ्नो स्थापना पश्चात् शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

Skip This
Skip This
Logo