काठमाडौँ । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा स्थानीय रीता निरौलाको घरमा मंगलबार लगाइएको पूजामा प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । प्रसादी खाएपछि खरबन्दी गाउँ नै बिरामी परेको छ । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । प्रसाद खाएका अधिकांश बिरामीलाई वान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।
बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ । अस्पताल भर्ना भएका केही भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया