भूकम्पले क्षति पुर्‍याएको धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

भूकम्पले क्षति पुर्‍याएको धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

केन्द्रबिन्दु
12
Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखरामार्फत काम भएको जानकारी दिए । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको उनले बताए ।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जेभी सेवासँग विसं २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो ।

थपिएको म्यादअघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गरे । नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रूपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo