नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको दन्तबझानका कारण पछिल्लो राजनीतिक घटनाक्रम बिकसित भएको दाबी गरेका छन्।
नेता भट्टराईले दुई वटा गलत मिलेर कहिल्यै सही नहुने भन्दै प्रचण्ड र बिप्लव दुवै गलत बाटोमा लागेको बताएका छन्। संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म दुवै लाई ईतिहासले गलत सावित गरेकाले नयाँ बिचार लिएर अघि बढ्न उनले सुझाएका छन्। भट्टराईले समस्या ब्यक्तिको होईन बिचारको हो भनेका छन्।
‘भनिन्छ Two wrongs don’t make a right!पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ!समस्या व्यक्तिको नभएर विचारको हो!यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो!इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ! खाँचो नयाँ विचारको हो!’ उनले लेखेका छन्।

यसअघि नेता भट्टराईले नेपालका कम्युनिष्टहरु अवसानको बाटोमा भन्दै ट्विट गरेका थिए।
सरकारले नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डको हत्या योजना बनाएको भन्दै नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ।































प्रतिक्रिया