नेपालमा पहिलोपटक मोटरसाइकल मार्सल तालिम हुने, काठमाडौं आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षकहरु

नेपालमा पहिलोपटक मोटरसाइकल मार्सल तालिम हुने, काठमाडौं आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षकहरु

केन्द्रबिन्दु
81
Shares

काठमाडौं। नेपालमा पहिलो पटक फेडेरेसन इन्टरनेश्नल दी मोटरसाइक्लिजम (एफआइएम)को मार्सल तालिम हुने भएको छ । त्यसका लागि भारतबाट अन्तर्राष्ट्रिय प्रशिक्षकहरु काठमाडौं आइपुगेका छन् ।

फर्मुला वान र मोटोजिपी जस्ता इभेन्टका अनुभवी प्रशिक्षकबाट तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआइएम एसियाको संयोजनमा हुने मार्सल तालिममा करिव १०० जना प्रशिक्षक, खेलाडी, अफिशियललाई मोटरखेल,सुरक्षा, खेल कन्ट्रोल, मार्सलीङ, टुरिङ, लगायत का विषयमा तालिय दिइने नासा नेपालका उपाध्यक्ष तथा मोटर साइकल कमिशन प्रमुख अनिल कुमार बरालले जानकारी दिए ।

तालिम भदौ २८ र २९ गते काठमाडौंमा हुने छ । तालिममा नेपाल अटोमोबाईल्स एसोसिएशन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्टससँग सम्बन्धित व्यक्तिले भाग लिन सक्नेछन् ।

Skip This
Skip This
Logo