काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी नामक बृहत् प्रदर्शनी सुरु भएको छ । खाद्य, पेय पदार्थ र आतिथ्यको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै यो प्रदर्शनी सुरु गरिएको हो ।
राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा करिब ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ । हस्पिटालिटीमा होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना पसलका मालिकहरू, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू, क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिइएको आयोजकको भनाइ छ ।
खाद्य तथा पेय पदार्थको क्षेत्रमा कूल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन् । यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन् ।
नेपाल सरकारले आठ देश चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी र स्पेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । यो खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन र चयन गर्न सक्नेछन् । गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ ।
फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरू लाई स्थान प्रदान गर्नेछ । प्रदर्शनीमा लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ ।






























प्रतिक्रिया