काठमाडौँ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम गर्ने भएको छ । भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स ३ प्रो ईभी, इलेक्ट्रीक ह्याचब्याक ई–क्युट ०४ र ई–क्युट ०२ टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ । सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तरराष्ट्रिय ब्रान्ड बोस्चको मिक्चर ग्रिन्डर प्राप्त गर्नेछन् । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस काठमाडौको तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।































प्रतिक्रिया