काठमाडौँ । एमजी मोटर इन्डियाले एमजी विन्डसर लन्च गरेको छ । ‘एरोग्लाइड डिजाइन’ सँग डिजाइन गरिएको छ यसले अत्याधुनिक एरोडाइनामिक्स र सुपेरियर क्र्याफ्ट्सम्यानसिप समेटेको छ । १८ इन्च डायमन्ड कट अलोय ह्विलसँग सुसज्जित यसको आकर्षक लुक र यात्रा गुणस्तरलाई बढाउँछ।
एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट–फर्स्ट १५.६ इन्चको ’ग्रान्ड भ्यू टच डिस्प्ले’ छ । जसले मनोरञ्जन, नेभिगेसन र गाडीका सेटिङहरूको केन्द्रको रूपमा काम गर्दछ । यो विशाल टचस्क्रिनले गाडीको इन–कार अनुभवलाई पुनः परिभाषित गर्दै गाडीलाई स्थिर हुँदा मनोरञ्जन, खेल र सिकाइको केन्द्रमा परिणत गर्दछ।
एमजी विन्डसरमा इन्फिनिटी भ्यू ग्लास रूफ’ पनि छ । जसले प्यानोरामिक दृश्य प्रदान गर्छ, क्याबिनको सौन्दर्यतालाई बढाउँछ र प्रशस्त, हावा लागेको अनुभव सिर्जना गर्छ ।
नेपालमा एमजी मोटरको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा एमजी विन्डसरको आगमनको संकेत गरेको छ ।





























प्रतिक्रिया